विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ताले दिए राजीनामा


टुडेखोज, सुनसरी : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले राजीनामा दिएका छन् ।

कार्य व्यस्तताको कारण देखाउँदै उनले बिहिबार राजनीनामा दिएका हुन् । उनले चिकित्सकको नाताले आफ्नो सेवामा निरन्तर खटिरहने बताएका छन् । उनी जेठ ८ मा उनी प्रतिष्ठानको प्रवक्तामा नियुक्त भएका थिए ।

कोरोना महामारी चलिरहेको अवस्थामा नियमित रुपमा प्रतिष्ठानमा भइरहेको गतिविधिहरूको जानकारी उनले गराउदै आएका थिए ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ