बलात्कारपछि मन्दिरको त्रिशूलले रोपेर विभत्स हत्या !


बझाङ : असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ बर्षीया सम्झना विकको बलात्कारपछि हत्या भयो ।

घटनाको जनाकारी पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरे । सम्झनाको पहिले बलात्कार र त्यसपछि मन्दिरभित्र रहेको त्रिशुलले रोपेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय १८ बर्षीय किशोर राजेन्द्र बोहोराको बयान र अन्य प्रमाणका आधारमा सम्झनाको बलात्कारपछि त्रिशूलले रोपेर विभत्स हत्या भएको निश्कर्ष निकालेको हो ।

राजेन्द्रमाथि जबरजस्ती करणी र ज्यान मुद्दा दर्ता भइसकेको छ । उनी यसअघि पनि बलात्कार, चोरीलगायत आपराधिक घटनामा मुछिइसकेका व्यक्ति हुन् ।

पछिल्लो समय बलात्कारपछि महिला तथा युवतीहरुको विभत्स हत्या गर्नेक्रम बढेको छ । तर सरकार बलात्कार नियन्त्रणमा ध्यान नदिएको अधिकारकर्मीहरुको आरोप छ ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १२:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ