सिरहाका एक कोरोना संक्रमित पुरुषको एम्बुलेन्समै ज्यान गयो


टुडेखोज, विराटनगर : सिरहाका एक कोरोना संक्रमित पुरुषको एम्बुलेन्समै ज्यान गएको छ । सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको ज्यान गएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजबाट थप उपचारका लागि विराटतर्फ लग्ने क्रममा ति पुरुषको एम्बुलेन्समै ज्यान गएको बुझिएको छ । उनको गत सोमवारदेखि नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा बिहीवार साँझ उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो । आइसोलेसनमा लैजान लग्दा एम्बुलेन्समै उनको ज्यान गएको आइसोलेसन इञ्चार्ज सुनिल देवले बताए ।

उनका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ