शुक्रवार थपिए हालसम्मकै धेरै कोरोना संक्रमित, मृतक ५२० पुग्यो


टुडेखोज, काठमाडौं : पछिल्लो २४ घण्टामा शुक्रबार देशभर २७ सय २२ जना कोरोनाका संक्रमित थपिएका छन् । एकै दिनमा थपिने यो हालसम्मकै धेरै संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाले ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ । देशभर सक्रिय संक्रमित २१ हजार २३४ छन् ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ