पहाडका उत्पीडितलाई समेटेर वैकल्पिक शक्ति निर्माणमा जुटेका छौं : उपेन्द्र यादब


टुडेखोज, सप्तरी : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन् ।

सप्तरीको बोदे बर्साइनमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन नभए प्राप्त उपलब्धी संस्थागत नहुने तर्क गरे । उनले तत्काल संविधानमा भएका त्रुटि संशोधन गर्नुपर्नेमा जोड दिए ।

पुर्व उपप्रधानमन्त्री भइसकेका नेता यादबले मुुलुकका पुराना शक्ति काँग्रेस र कम्युनिष्ट असफल भइसकेको दावी गरे । उनले मधेशमा भएका शक्तिलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको बताए ।

अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेको जानकारी गराए । भेलामा पार्टीका नेता तथा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, विन्देश्वर यादव, नेत्रविक्रम साह तथा अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।

यसअघि शुक्रवार नै अध्यक्ष यादवले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरही पुगेर दिवङ्गत पूर्वसांसद हरिप्रसाद रायलाई श्रद्धाञ्जलि दिए ।

वि. सं. २०४८ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित राय मधेश आन्दोलनका क्रममा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भई मधेश आन्दोलनमा होमिएका थिए । रायको गत आइतबार उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ