कोरोना भाइरससँग लड्न ‘गुर्जो’को रस रामवाण : योगगुरु रामदेव


‘गुर्जो’को अहिले जताततै चर्चा भइरहेको छ । गुर्जोको रस सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । आयुर्वेदिक चिकित्सकहरुले गुर्जो जडीबुटीको प्रयोग गर्न सुझाएका छन् ।

औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य रोगहरुको औषधिको रूपमा प्रयोग गरिन्छ । साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा यसलाई रामवाण मानिन्छ । मधुमेह, क्यान्सरसम्मका लागि गुर्जो अचूक ‌‌औषधि हो ।

हाल विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । अहिलेसम्म कोरोना भाइरसको खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने आयुर्वेद चिकित्सहरु बताउँछन् ।

भारतीय योग गुरु बाबा रामदेवले गुर्जोको रस पिउँदा कोरोना भाइरसबाट जोगिने बताउँछन् । उनले गुर्जोको रस पिउँदा कोरोना भाइर नलाग्ने दावी गरे । रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने बताएका छन् ।

उनले भने, ‘नियमित योग र आयुर्वेद चिकित्सा पद्धतिको माध्यमले हामी कोरोना भाइरससँग लड्न सक्छौँ । योग र पाँच औषधियुक्त सामग्री प्रयोग गर्दा सधैँका लागि कोरोना भाग्छ ।’

रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए कोरोना भाइरसको संक्रमणले नछुने दाबी गरेका छन् । उनले यसलाई बिहान बेलुका खान पनि भनेका छन् ।

संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ ।

मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो गुर्जो । यो विशेषगरी तराईमा जताततै पाइन्छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ