डाइरेक्टर अनुराग कश्यपले पेश गरे निर्दोष रहेको प्रमाण


यौन दुव्र्यवहारको आरोप लागेपछि बलिउड डाइरेक्टर अनुराग कश्यपसँग मुम्बई प्रहरी ८ घण्टा सोधपुछ गरेका छन् ।

सोधपुछका क्रममा डाइरेक्टर कश्यपले आफु निर्दोष रहेको दावी गरेका हुन् । उनले सन् २०१३ को अगस्टमा आफू चलचित्र छायाँकनका लागि श्रीलंकामा रहेको प्रहरी समक्ष वयान दिएका छन् ।

अभिनेत्री पायल घोषले डाइरेक्टर कश्यपमाथि यौन शोषणको आरोप लगाएकी छन् । घोषले मुम्बईको वर्सोवा प्रहरी चौकीमा उजुरी समेत दिएकी छन् । त्यसपछि कश्यपसँग प्रहरीले सोधपुछ गरेको बताइएको छ ।

कश्यपले सन् २०१३ को अगस्टमा आफू श्रीलंकामा रहेको प्रमाण पनि बुझाएका छन् । अनुराग कश्यपकी वकिल प्रियंका खिमानीले भनेकी छन्, ‘अनुराग कश्यपको छवी खराब गर्ने उद्देश्यले आरोप लगाइएको छ ।’

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ