सिरहामा जवरजस्ती करणी गरेको भन्दै वडाध्यक्षमाथि उजुरी दर्ता


टुडेखोज, सिरहा : जर्वजस्ती करणी गरेको आरोपमा सिरहामा एक वडाध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

एक महिलाले अर्नमा गाउँपालिका १ का वडाध्यक्ष गफार मियाँबिरुद्ध उजुरी दर्ता गराएकी हुन् । पीडित महिला व्यावसायी हुन् । उनले वडाध्यक्ष मियाँले आफुमाथि जर्वजस्तीकरणी गरेको दावी गरेकी छन् ।

वडाध्यक्ष मियाँमाथि उजुरी परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले बताए । उनले भने, ‘अहिले नै धेरै कुरा बाहिर नलगौं । अनुसन्धान पछि सबै कुरा बाहिर आउनेछ ।’

आरोप लागेको विषयमा वडाध्यक्ष मियाँसँग बुझ्दा सम्पर्क गर्दा हुन सकेन । उनी वडा कार्यालय समेत शुक्रवार गएका थिएनन् । स्रोतका अनुसार उजुरी परेपछि उनी सम्पर्क विहिन बनेका छन् ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ