शनिबार २१ सय २० जनामा कोरोना पुष्टि, संक्रमित ८४, ५७० पुग्यो


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

पछिल्लो २४ घण्टामै शनिबार २ हजार ४४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्ता हुनेको संख्या ६२ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन् । ४ हजार २७३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ