प्रदेश २ मा शनिवार कहाँ कतिजना कोरोना संक्रमित थपिए ? हेर्नुस् विवरण


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार ७४७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का अनुसार शनिवार धनुषामा ९ जना, सिरहामा ६ जना, बारामा १९ जना, पर्सामा १५ जना, रौतहटमा ४ जना र सप्तरीमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै वीरगन्जमा भएका परीक्षणमा एक जना अन्य जिल्लाका संक्रमित पाएका छन् ।

पछिल्लो २४ घण्टामै ४३ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ११ हजार २४ पुगेको छ । जसमध्ये १४ सय ७५ महिला छन् ।

शनिवार पनि सप्तरीमा एक पुरुषको कोरोनाबाट ज्यान गएको छ । तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुला टोलका ६८ वर्षीय पुरुषको विराटनगरस्थित नोवल अस्पतालमा उपचारको क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ