आइपिएल : कोलकतालाई हराउँदै दिल्ली उक्लियो शीर्ष स्थानमा


आइपिएल क्रिकेटको अर्को रोमाञ्चक खेलमा कोलकता नाइट राइडर्सलाई १८ रनले दिल्ली क्यापिटल्सले पराजित गरेको छ ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २२८ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयर इयरले ८८ रनको जोडे । उनले ३८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । पृथ्वी शाले ६६ रन जोड्दा शिखर धवनले २६ रन बटुले । रिशव पन्तले १७ बलमा ३८ रन जोडे ।

बलिङमा कोलकताका आन्द्रे रसेलले २ विकेट लिए । बरुण चक्रवर्ती र कमलेश नगरकोटीले एक÷एक विकेट लिन भए ।

२२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा २१० रन जोडेका थिए । अर्को रोमाञ्चक खेलमा कोलकताले २ रन कटाए पनि जितका लाग पर्याप्त हुन सकेन ।

कोलकताका लागि नितिन रानाले ३५ बलमा समान ४÷४ चौका र छक्का हिर्काउँदै ५८ रन जोडे । इयान मोर्गानले १८ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन बटुले ।

यस्तै राहुल त्रिपाठीले १६ बलमा ३ चौका र ३ छक्का हिर्काउदा ३६ रनको योगदान दिए । तीन ब्याट्सम्यानले आक्रमक ब्याटिङ गरेपनि लक्ष्य ठूलो हुँदा कोलकताले जित निकाल्न सकेन ।

बलिङमा दिल्लीका एनरिच नोर्ट्जेले ३ विकेट लिए । हर्षल पटेलको नाममा २ विकेट रह्यो । कागिसो रबाडा, मार्कोस स्टोइनिस र अमित मिश्राले समान १÷१ विकेट लिए ।

आइपिएलमा आइतबार दिउँसो मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद तथा राति किंग्स ११ पञ्जाव र चेन्नंई सुपर किंग्सबीच खेल हुने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ