कोरोना परीक्षणको रिपोर्ट अब १५ मिनेटमै पत्ता लाग्ने !


कोरोना भाइरसको संक्रमण पत्ता लगाउन नेपालमा कैयौ दिन लाग्छ । नेपालमा पिसिआर मेसिनबाट कोरोना परीक्षण हुन्छ । यो मेसिनबाट परीक्षण गर्दा रिपोर्ट आउन कम्तिमा १ दिन लाग्ने गरेको देखिन्छ ।

तर स्पेनमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको १५ मिनेटमै पत्ता लाग्छ । यहाँ १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको बीबीसीले जनाएको छ । यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् ।

स्पेनमा दोस्रो पटक कोरोनाको लहर सुरु भएको छ । यहाँ अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको छ । कोरोनाकै कारण करिब ३२ हजारको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमै १ सय १३ जनाको ज्यान गएको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार ०७:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ