हंसपुरमा युवाहरुले थाले सडक सरसफाई (फोटो फिचर)


टुडेखोज, जनकपुरधाम : धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ६ र ९ स्थित परिक्रमा सडक सरसफाई गरिएको छ ।

चाडपर्व नजिकिएपछि जनता समाजवादी पार्टीका युवाहरुले सडक सरसफाई गरेका हुन् । सडकको नाला समेत फोहोरले जाम भएको अवस्था थियो । युवाहरुले कोदालो लिएर नाला सफा गरेका छन् ।

सरसफाईको नेतृत्व गरिरहेका युवा नेता राजेश यादबले अब नियमित रुपमा सरसफाई गर्ने बताए ।

सरसफाईमा शत्रुधन राय अमात, सरोज राय, बजरंग साह, कृष्ण पुर्वे, अरबिन्द राय, सुनिल राय, प्रमोद राय, दिपेन्द्र महरा, शम्भु राय, रबिन्द्र राय लगायतका युवाहरुको सहभागी थिए ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ