महोत्तरी : नगरपालिकाको निर्णय विरुद्ध विशाल ‘गेरुका मेला’ (हेर्नुस् १५ फोटो)


टुडेखोज, जनकपुरधाम : महोत्तरीको लोहारपट्टीमा प्रत्येक तीन वर्षमा पर्ने मलमासमा लाग्ने गेरुका मेला यसवर्ष पनि लागेको छ । कोरोना महामारीको कारण देखाउँदै मेला लाग्न नदिने नगरपालिकाले निर्णय गरेको छ । यद्दपी विशाल मेला लागेको छ ।

असोज २ गतेबाट यसवर्ष मलमास सुरु भयो । सोही दिनदेखि लोहारपट्टी नगरपालिका ४ खुट्टा पिपराढीमा मेला लागेको छ । प्रत्येक आइतवार यहाँ विशेष चहलपहल हुन्छ । यहाँको गेरुका नदीमा मलमासमा आइतवारका दिन स्नान गर्दा पुण्य प्राप्ती र विभिन्न रोग निको हुने जनविश्वास छ ।

मेलामा करिब ३ किलोमिटरसम्म सर्वसधारणको भिडभाड छन् । हजारौं मानिसले आइतवार गेरुका नदीमा स्नान पश्चात पूजापाठ गरेका हुन् । मेलामा जनसागर नै उर्लिको देखिन्छ । तर भिडभाड व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाउँदा कोरोना फैलिने जोखिम बढेको छ ।

हेर्नुस् टुडेखोज डटकमका लागि पत्रकार सुरेन्द्र सिंहले क्यामेरामा कैद गरेका तस्विरहरु :

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १५:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ