लुटेराले एक महिलाको दुइ वटै कान काटेर गहना लुट्यो


नवलपुर : नवलपुरको कावासोतीमा एकजना महिलाको कान काटेर लुटेराले सुनका गहना लुटेर फरार भएका छन् ।

कावासोती १३ बुढौली कुना घर भएकी ४६ बर्षीया तुलसी पौडेलको कान काटेर दुई जना लुटेराले गहना लुटेर फरार भएका हुन् । घरबाट बजार आउने क्रममा उनको गहना दुई जना लुटेराले लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

लुटेराले कान काटेर दुई वटा रिङ्ग लुटेर लगेको उनका श्रीमान् डण्डापाणी पौडेलले जानकारी दिए । उनको दुइ वटै कान काटिएको छ । टाउकोमा समेत चोट लागेको बताइएको छ ।

पीडित महिला स्थानिय नवलपुर अस्पतालमा उपचारका लागि भर्ना भएकी छन् । लुटेराको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ