कोरोना भाइरसले ५ दिने बालिकाको ज्यान लियो


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसको संक्रमणका कारण ५ दिनकै बालिकाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले ७ जनाको ज्यान लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । जसमध्ये एक ५ दिनकै बालिकाको मकवानपुरमा ज्यान गएको तथ्यांकमा उल्लेख छ ।

ज्यान गएकामध्ये ४ जना पुरुष र ३ जना महिला छन् । बाँकेमा दुई जनाको तथा चितवन, काठमाडौं, ललितपुर र कञ्चनपुरमा एक÷एक जनाको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट हालसम्म ५३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ