मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार, प्रहरीद्वारा हवाई फायर


टुडेखोज, बुटबल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा बुटवलमा ढुंगामुढा गरिएको छ ।

काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । ढुंगा लागेर गाडीको सिसा फुटेको छ ।

ढुंगामुढापछि प्रहरीले हवाइ फायरसमेत गरेको समाचार प्राप्त भएको छ । ढुंगामुढा गरेको आरोपमा कम्तिमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेस आन्दोलित बनेका छन् । काँग्रेसले राजधानी बुटवल हुनुपर्ने माग गरेको छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ