शहिदनगर : कोरोनाले मृत्यु भएका बालकको शव व्यबस्थापन (फोटो फिचर)


टुडेखोज, जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ६ हरभाडाका ६ बर्षीय बालकको कोरोनाले मृत्यु भएको ३ दिनपछि आज शव व्यबस्थापन गरिएको छ ।

नेपाली सेनाको श्रीनाथ गण महेन्द्रनगरको कोभिड- १९ डेथ बडी म्यानेजमेन्ट टीमले शहिदनगर नगरपालिका ६ स्थित बर्बटा पोखरी नजिक मृतक बालकको शव व्यबस्थापन गरिएको हो । ति बालकको विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा असोज १५ गते मृत्यु भएको थियो ।

निमोनिया भएपछि उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएको थियो । तर उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि असोज ९ गते भएको थियो ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार २१:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ