पर्सामा घुससहित रंगेहात प्रअ र सहायक प्रअसहित ६ जना पक्राउ


वीरगन्ज, २७ भदौं । घुस लिँदै गर्दा अख्तियारको टोलीले पर्साबाट प्रअ, सहायक प्रअसहित ६ जनालाई बीरगन्जबाट रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वेल्वा प्रसौनीका प्रअ सचिन्द्र कुमार कापर, सहायक प्रअ मनिर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जन्मिल मियाँ र इलियास मिया रहेका छन् ।

त्यसैगरी, विद्यालय व्यवस्थापन समिति सदस्य सकिना खातुनका श्रीमान् नजमुद्दीन देवान पनि श्रीमतीको प्रतिनीधित्व गर्दै करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै घुस रकम बुझ्न आउने टोलीमा सहभागी थिए । उनलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धान र कार्वाहीको लागि साँझ अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडामा लान लागिएको छ । उनीहरुले करारमा शिक्षक गर्न १ लाख घुस लिदालिदै पक्राउ परेको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २७, शुक्रबार १५:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ