सिरहा : सरकारी जग्गाको लालपुर्जा बनाउने गिरोहलाई कारबाहीको माग राख्दै धर्ना


जयनाथ यादब, लहान : सरकारी जग्गा संरक्षण अभियान संघर्ष समिति गोलबजार नपा ९ र १० ले आज सिरहाको लहानस्थित वन कार्यालय परिसरमा धर्ना दिएको छ ।

सरकारी वनका जग्गा अतिक्रमण भएपनि सम्बन्धित निकाय मौन देखिएकाले आन्दोलित भएको समितिका संयोजक चन्देश्वर पासवानले जानकारी दिए । उनले सरकारी राष्ट्रिय वनको जग्गा भुमाफियाहरुले लालपुर्जा बनाएको र सो लालपुर्जा बदरका लागि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेको गुनासो गरे ।

उनले किता नम्बर ८ (क)को ४२० को श्रेस्ता, लेखत र दर्ता बदर किन नगरेको प्रश्न गर्दै अन्य धेरै जग्गाको पनि भुमाफियाहरुले सरकारी कर्मचारीकै मिलोमतोमा लालपुर्जा बनाएको दावी गरे । उनले वनको जग्गा फिर्ता र लालपुर्जा बनाउने गिरोहमाथि कारबाही हुनुपर्ने माग गरे ।

संघर्ष समितिले असोज २१ गते जिल्ला मालपोत कार्यालय अगाडी प्रदर्शन गर्ने कार्यक्रम पनि घोषणा गरेको छ । यस्तै असोज २२ गते जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र असोज २३ गते गोलबजार नगरपालिकाको कार्यालय अगाडी पनि धर्ना दिने जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ