कोरोनाले प्रदेश २ मा ३ जनासहित देशभर १९ जनाको मृत्यु


टुडेखोज, जनकपुरधाम : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ जनाको मृत्यु भयो । योसंगै मृतकको संख्या ५ सय ५४ पुगेको हो । प्रदेश १ मा १ जना, प्रदेश २ मा ३ जना, वागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश १ को सुनसरीमा ५५ वर्षीय पुरुष, प्रदेश २ को पर्सामा ६५ वर्षीया महिला र सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, वागमती प्रदेशको काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला र २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, ललितपुरमा ३ वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवनमा पनि ६२ वर्षीय पुरुषको ज्यान गएको छ ।

यस्तै, गण्डकी प्रदेशको गोरखामा ४५ वर्षीय महिला र प्रदेश ५ को नवलपरासी पूर्वका ३६ वर्र्षीय पुरुषको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ