भारतमा हमला : आतंकवादीको गोली लागेर दुई सैनिकको ज्यान गयो


एजेन्सी : भारतको जम्मु काश्मिरको पुलवामा जिल्लाको पामपोरमा आतंककारीहरूले हमला गरेका छन् । हमलामा दुई भारतीय सैनिकको ज्यान गएको छ ।

आक्रमणमा सिआरपिएफका ५ सुरक्षाकर्मी घाइते भएका छन् । जसमध्ये २ जनाको उपचार क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाए । अन्यको उपचार जारी छ ।

पामपोर बाइपासमा आतंकवादीहरुले आक्रमण गरेको थियो । सिआरपिएफ र जम्मु कश्मीरका ११० बटालियन तथा प्रहरीलक्षित गरी आतंककारीहरूले हमला गरेको बताइएको छ ।

अहिले हमला गरेका क्षेत्रलाई नाकाबन्दी गरी आतंककारीहरूको खोजी भारतीय सेनाले गरिरहेका छन् ।

पुलवामाको अवन्तिपोरा सम्बुरा इलाकामा सेप्टेम्बर २७ मा आतंककारी र भारतीय सुरक्षा फौजबीच पनि भीडन्त भएको थियो । उक्त भीडन्तमा परी २ हमलाकारी मारिएका थिए ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ