एक महिलाले एकैपटक जन्माइन् पाँच बच्चा, एकको मृत्यु !


काठमाडौं : एक महिलाले एकैपटक पाँच बच्चा जन्माएको सुन्दा विश्वास नै नलाग्न सक्छ । तर नुवाकोटकी २८ वर्षीया एक महिलाले एकैपटक ५ बच्चाको जन्म दिएकी छन् ।

थापाथलीस्थित परोपकार प्रसूति गृहमा सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ बच्चालाई जन्म दिएकी हुन् । ५ मध्ये चार बच्चा जीवित छन् । १ बच्चाको जन्मनुअघि नै मृत्यु भइसकेको थियो ।

जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ । उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको चिकित्सकले जनाएको छ । ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल र अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

जिवित चारै छोरी रहेको बताइएको छ । मृत्यु भएका एक शिशु छोरा थिए । एकै पटकमा ५ बच्चा जन्माएपछि दुर्लभ केस मानिएको छ । यसअघि नेपालमा चार बच्चा जन्माएको धेरै रेकर्ड छ ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ