सिरहा : बलात्कारी छुटाउने नाममा ठगी गर्ने नक्कली डिएसपी पक्राउ


टुडेखोज, जनकपुरधाम : बलात्कार आरोपमा पक्राउ परेका ब्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

बलात्कार आरोपमा पक्राउ परी पुर्पक्षका लागि सिरहा कारागारको थुनामा रहेका सिरहाकै बरियारपट्टी गाउँपालिका ४ का २३ बर्षीय शिबकुमार साहलाई छुटाइदिने नाममा ठगी गर्ने व्यक्ति समातिएका हुन् ।

साहलाई छुटाइदिने भन्दै शिबका भाई मुकेशसँग ३५ हजार लिने अर्नामा गाउँपालिकाका मोहम्द जाबिरलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा प्रहरीका प्रबक्ता शालिग्राम पौडेलले ३० बर्षीय जाबिरले आफू नेपाल प्रहरीको डिएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकाले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिएको पाइएको छ ।

‘बलात्कार आरोपीलाई छुटाइदिने भन्दै झुठो प्रलोभन देखाएर पीडक परिवारसँग ३५ हजार रुपैयाँ लिएको पाइएपछि जाबिरलाई गत असोज १८ गते नियन्त्रणमा लिएका हौं’ पौडेलले भने, ‘उनलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिई ठगी शिर्षकमा मुद्दा चलाइएको छ ।’

उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार १३:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ