कोरोनाले स्थगित सबै तहको परीक्षा सञ्चालन गर्ने बाटो खुल्यो


टुडेखोज, जनकपुरधाम : सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको छ ।

सहकारले सैद्धान्तिक सहमति दिएपछि कोरोना भाइरसका कारण स्थगित भएका सबै तहको परीक्षा अब सञ्चालन गर्ने बाटो खुलेको हो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्नेछ ।

यस्तै, सरकारले तालिम सञ्चालन गर्न सक्ने पनि अनुमति दिएको छ । व्यवसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूले अब २५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयका लागि तालिम लिन सक्ने छ ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ