रिया चक्रवर्ती एक लाख धरौटी बुझाएर रिहा


एजेन्सी : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार मुम्बईको उच्च अदालतले चक्रवर्तीलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी०ले सेप्टेम्बर ८ तारिखमा सुशान्तसिंह राजपुतलाई लागूऔषध दिने गरेको आरोपमा पक्राउ गरेको थियो ।

अदालतको आदेश अनुसार उनी एक लाख धरौटी र पासपोर्ट बुझाएर रिहा हुने बताइएको छ । उनी मुम्बई बाहिर जान अदालतसँग अनुमतिसमेत लिनुपर्नेछ ।

सुशान्त सिंह राजपुत प्रकरणमा पक्राउ परेका रिया चक्रवर्तीका भाइ शोविक चक्रवर्तीलाई भने धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ ।

सुशान्तका लागि काम गर्ने दिपेश सावन्त र स्यामुयल मिरान्डालाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । शोविक र स्यामुयललाई ब्युरोले सेप्टेम्बर ४ मै नियन्त्रणमा लिइएको थियो ।

जुन १४ गते अभिनेता सुशान्त मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए । उनको पोस्टमार्टम रिपोर्टको अनुसार उनले आत्महत्या गरेको पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ