सन् २०२२ को डिभी खुल्यो, यसरी भर्नुस् फारम


सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी)का लागि फारम खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार बुधवार राति डिभीका लागि फारम खुलेको हो ।

नेपाली समय अनुसार राति पौने १० बजेदेखि फारम खुलेको दूतावासले जनाएको छ । फारम भर्न पैसा नलाग्ने बताएको छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

फाराम भर्नका लागि अमेरिकी दूतावासको आधिकारीक वेबसाइट मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ ।फारम भर्दा कन्सल्टेन्टको सहयोग नलिन दूतावसाले आग्रहसमेत गरेको छ ।

हरेक वर्ष डिभी भरेर नेपाली नागरिक अमेरिका जाने गरेका छन् ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

मोवाइलबाट फारम भर्ने तरिका सिक्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ