धनुषा : गाउँलेले चन्दा उठाएर मृतक मण्डल परिवारलाई गरे सहयोग


कुलदिप प्रेम, जनकपुरधाम : पुलबाट लडेर मृत्यु भएका धनुषाको कमला नगरपालिका २ का नन्दु मण्डलका परिवारलाई स्थानीयले खाद्यान्न सहितका समान र नगद सहयोग गरेका छन् ।

चन्दा संकलन कमिटिी बनाएर तेलियाहा र सुन्दरपुरका जनताले मृतक मण्डलका परिवारलाई सहयोग गरिएको छ । मृतक मण्डलकी पत्नी कारीदेवीलाई ४४ हजार ६६५ रुपैया नगद, चामल १० क्विनटल, दाल १०२ किलो, गेहुँ २३० किलो, साडी ३४ थान सहयोग गरिएको चन्दा संकलन कमिटीका शिव नारायण यादबले बताए ।

पीडित परिवारलाई नमक, आलु, प्याज, जाजिम, गेहुँ आटा र खुर्सानी पनि सहयोग गरिएको उनले जानकारी दिए । उनले भने, ‘मृतक मण्डलको मृत्युपछि परिवार चलाउन गार्हो भयो । अनी हामीले चन्दा उठाएर सहयोग गरेका छौं ।’

मृतक मण्डलको श्रीमती, चार छोरी र २ छोरा छन् । ६ छोरा–छोरीलाई पालन पोषण तथा पढाउन समेत समस्या भएको छ । आर्थिक अवस्था जर्जर रहेका कारण अझ सहयोगको खाँचो रहेको र दाताहरुसँग सहयोग गर्न स्थानीयले अपिल गरेका छन् ।

असोज ७ गते मण्डल माछा मार्ने क्रममा माची र विजुलीयाको बीचमा पर्ने बरथा नदीको पुलमा राति सुतेका थिए । अचानक उनी नदीमा खसेपछि बेहोस् भए तर रातिको समय भएकाले उद्धार गर्न सकिएन । विहान पल्ट उनको शव देखेपछि स्थानीयले घटनाबारे थाहा पाएका थिए ।

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार १०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ