रौतहटमा नदीमा दुबेर दुई नाबालकको ज्यान गयो


टुडेखोज, गौर : रौतहटमा नदीमा दुबेर दुई नाबालकको ज्यान गएको छ ।

राजपुर नगरपालिका २ स्थित कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर १४ वर्षीय शेख फ्याजको ज्यान गएको हो । ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया भएका फ्याज विगत दुई वर्षदेखि राजपुर नगरपालिका २ स्थित फुपुको घरमा बस्दै आएका थिए ।

यस्तै गरुडा नगरपालिका १ जयनगरका समसाद अन्सारीका तीन वर्षका छोरा ताबिस अन्सारीको पनि नदीमा डुबेरै ज्यान गएको छ । वडा नम्बर ५ झाँजखोलामा पानीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ