प्रदेश २ मा कोरोना संक्रमित १४ हजार नाघ्यो, आज कति थपिए (हेर्नुस् विवरण)


टुडेखोज डेस्क, जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ ।

बिहीवार पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १४ हजार १४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा ७ जना, महोत्तरीमा २ जना, सिरहामा ५ जना, बारामा १० जना, पर्सामा ८ जना र रौतहटमा ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म यस प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ५३० पुगेको छ ।

यस प्रदेशमा पछिल्लो २४ घण्टामा धनुषामा एक कोरोना संक्रमितको ज्यान गएको छ । शहिदनगर नगरपालिका १ चिरैया टोलका ७० वर्षीय पुरुषको ज्यान गएको हो ।

योसँगै यस प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४४ पुगेको छ । जसमध्ये २४ महिला रहेकी छन् ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार १७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ