सप्तरीमा फेरी एक कोरोना संक्रमित पुरुषको ज्यान गयो


टुडेखोज, सप्तरी : सप्तरीमा फेरी एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । डाक्नेश्वरी नगरपालिका ४ का ६७ वर्षीय पुरूषको ज्यान गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । २१ गते उनको रिपोर्ट आउँदा कोरोना पुष्टि भएको थियो ।

बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर भएका उनको धरान लैजाने क्रममा बाटोमै ज्यान गएको छ । मृतक निमोनियाका रोगी थिए ।

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार १३:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ