प्रदेश २ का २० कोरोना संक्रमित आइसीयुमा र २ भेन्टिलेटरमा


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का कुल कोरोना संक्रमितमध्ये २० जना आइसीयुमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४५८ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा र ५०३ जना होम आइसोलेसनमा उपचाररत छन् । यस्तै १०२ जना कोरोनाको आशंमा क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ३ जना, पर्सामा १५ जना, बारामा ११ जना, महोत्तरीमा १७ जना, रौतहटमा ९ जना, सप्तरीमा १ जना, सर्लाहीमा ७ जना र सिरहामा १ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर १० जनाको कोरोनाका कारण ज्यान गएको छ । प्रदेश २ मा भने कसैको ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार १७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ