प्रदेश २ मा कोरोनाले एकैदिन थप ३ जनाको ज्यान लियो


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

सप्तरीका २ जना र सिरहाका एक जना संक्रमितको ज्यान गएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका ६ का ७० वर्षीय पुरुष र रुपनी गाउँपालिका घर भएका ३६ वर्षीय पुरुषको कोरोनाले ज्यान गएको छ ।

यस्तै सिरहाको लहान नगरपालिका ६ का ४८ वर्षीया महिलाको कोरोनाले नै ज्यान लिएको छ । उनको उपचारका क्रममा ललितपुर अस्पतालमा ज्यान गएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश २ मा कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४७ पुगेको छ । जसमध्ये २५ जना महिला रहेकी छन् ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १० जनाको ज्यान गएको जनाएको छ । तर प्रदेश २ का तीन मृतकको तथ्यांक समावेश गरेका छैन ।

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार १८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ