कोरोना संक्रमित शान्ता चौधरीकोलाई भीआइपी आइसियुमा सारियो


काठमाडौं : कोरोना संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ ।

वीर कोभिड अस्पतालमा विगत दिनदेखि उपचाररत उनलाई आज भीआइपी आइसियुमा सारिएको हो । लक्षणसहितको कोरोना भाइरस संक्रमणसँग उनी जुधिरहेकी छन् । स्वास्थ्य झन् बिग्रिएपछि उनलाई आइसियुमा सारिएको बताइएको छ ।

क्यान्सर जस्तो जटिल रोगलाई जितेकी उनलाई पछिल्लो समय दमले च्यापेको थियो । दमले च्यापिरहेकै बेला उनी कोरोना संक्रमित भइन् । संक्रमित भएलगत्तै उनी २० गते अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले कोरोनाका कारण स्वास्थ्यमा जटिलता थपिएपछि शान्तालाई आइसियुमा सारिएको जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ