धनुषाका एक जनासहित ६ जुवाडे पक्राउ, २ लाख ५३ हजार रुपैया बरामद


टुडेखोज, विराटनगर : मोरङको बेलबारी नगरपालिकामा जुवा खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुबाट २ लाख ५३ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।

शुक्रबार बेलुका बेलबारीको गर्जुराम टोलमा जुवा खेलिरहेको अवस्थामा मोरङ, सुनसरी, झापा र धनुषाका जुवाडे पक्राउ परेको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा प्रतिष्ठित, आफुलाई समाजसेवी र नेता कहलाउने व्यक्तिहरु छन् ।

स्थानीय ५४ वर्षीय सञ्जय गौतम, ५२ वर्षीय चन्द्र लिम्बू, ४० वर्षीय रीत गुरुङ, इटहरीका ४७ वर्षीय प्रदीप तामाङ, झापाको दमक नगरपालिका ५ का ३२ वर्षीय धर्मेन्द्र राई, धनुषाको चारनाथ गणेशमान ८ पोर्ताहका ५० वर्षीय पर्शुराम भुजेल पक्राउ परेका छन् ।

जुवा खालबाट एक सेट कौडा, तीन बुक तास, २ लाख ५३ हजार २३५ रुपैयाँ नगद, को २ च २८१९ नम्बरको स्कोरपिओ गाडी, अनटेस्ट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि कानुन बमोजिम कारबाही अगाडी बढाएको एसपी खड्काले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ