सशस्त्र प्रहरीले माग्यो १८ सय ३३ जवान, २३१ मधेसी र १२४ दलित कोटा (पुरा विवरण)


टुडेखोज डेस्क, जनकपुरधाम : सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको साधारण समुह तथा साधारण उपसमुहतर्फ १८ सय ३३ सशस्त्र प्रहरी जवानका लागि भर्ना खोलिएको छ ।

सशस्त्र प्रहरीको प्रधान कार्यालयले जारी गरेको सुचना अनुसार खुल्लामा ९८८ र समावेशीतर्फ महिला १६५, आदिवासी/जनजाती २६४, मधेसी २३१, दलित १२४ र पिछडा क्षेत्रका लागि ४१ सिट तोकेको छ । यस्तै अमर/अशक्त स.प्र.क सन्ततिका लागि पनि २० सिट छुट्याएको छ ।

फारम भर्ने अन्तिम मिति कार्तिक २३ गतेसम्मका लागि तोकिएको छ । फारम देशभरका सशस्त्र प्रहरी कार्यालय मार्फत भर्न सकिनेछ । फारम भरेकाहरुलाई कार्तिक २५ गते सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

मधेसी, दलित र पिछडिएको कोटामा फारम भर्नका लागि प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ आश्विन २४, शनिबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ