भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक किन स्थगित भयो ?


काठमाडौं : नेपाली कांग्रेसको भोलिका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं ९खनुपरुदे० निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको हो ।

कांग्रेसमा पार्टीका पूर्व पदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन छ । प्रसाईँको निधन शुक्रबार भएपनि शुक्रबार अफिस बन्द नगरिएकोले आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने बताइएको छ ।

अगामी बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित बनेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफलपछि आगामी बैठकको तय हुने स्रोतले जनाए । घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेकाले छलफल कहिले हुन्छ भन्ने टुंगो छैन ।

यसअघि असोज १९ गतेलाई निर्धारित बैठक केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र गगन थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना लागेपछि स्थगित गरिएको थियो ।

महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन, संसदको विशेष अधिवेशन माग, सरकारविरुद्ध आन्दोलनको तयारीलगतयका विषयमा छलफल गर्ने काँग्रेसले बैठक बोलाइएको थियो ।

उक्त विषयहरु सहमतिका साथ केन्द्रीय समितिमा एजेण्डागत रुपमा प्रस्तुत गर्ने सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षसँग छलफल गरिरहेका बेला नेताहरुमा कोरोना देखिएपछि त्यो पनि रोकिएको छ ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १४:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ