कोरोना संक्रमितको रेकर्ड : एकैदिन भेटियो ५ हजार ८ कोरोना संक्रमित


टुडेखोज, जनकपुरधाम : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यतिधेरै संक्रमित भेटिएको पहिलो रेकर्ड हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ