विराटनगरमा कोरोना भाइरसले दुई महिलाको ज्यान लियो


टुडेखोज, मोरङ : विराटनगरमा शनिबार कोरोना भाइरसकै कारण थप दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगर ५ का ६४ वर्षीया महिलाको विराट मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो । असोज १५ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

यस्तै न्यूरो अस्पतालमा मोरङको पथरी शनिश्चरे नगरपालिका ६ की ९२ वर्षीया महिलाको मृत्यु भएको छ । उनी १८ असोजमा अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ