भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण


काठमाण्डौं : नेपाल चिकित्सक संघले भोली देशभरका अस्पताल बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले डाक्टर गोविन्द केसीसँगको वार्तालाई गम्भीर रुपमा नलिएको भन्दै संघले अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले वार्ता टोली गठन गरेपनि बार्ताबाट पछि हटेकाले फेरी आन्दोलन गर्नुपरेको संघले जनाएको छ । यसअघि आन्दोलनको घोषणा गरेपनि सरकारले वार्ता गर्ने भनेपछि स्थगित गरिएको थियो ।

संघले २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोरोनाका सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने जनाएको छ ।

संघद्वारा घोषणा गरिएका बिरोधका कार्यक्रमबाट उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने चिकित्सक संघले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ