प्रदेश २ सरकार चरम भ्रष्टाचार गरिरहेको नेकपा नेता मातृकाको आरोप


टुडेखोज, जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता मातृका प्रसाद यादवले प्रदेश २ को सरकार चरम भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता यादबले विकास निर्माणको नाममा प्रदेश २ सरकार व्यापक भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । उनले प्रदेश सरकार जनताप्रति उत्तरदावी हुन नसकेको समेत बताए ।

शनिबार गणेशमान चारनाथ नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता यादबले भने, ‘प्रदेश २ मा कोरोना महामारीको अवस्था भयावय छ । तर प्रदेश सरकार जनताप्रति उत्तरदायी बन्न सकेका छैन ।’

जनता समाजवादी पार्टीका नेता अजय राय, रामचन्द्र राय र सुनिल राय लगायत दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवेश गरेको दावी गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ