जनकपुर : बजार अनुगमनको नौटंकी, बार्गेनिङमा दोषी व्यापारीलाई उन्मुक्ति !


टुडेखोज, जनकपुरधाम : मूलकी सहिंता ०७५, उपभोक्ता संरक्षण र कालोबजारी ऐनमा व्यवसायीले वस्तुको वास्तविक मूल्य भन्दा २० प्रतिशत बढी रकम बढी लिएर खरिदविक्रि गर्न पाउने व्यवस्था छ ।

ऐनमा वस्तुको मूल्य, उत्पादन मिति, म्याद सकिएको मिति र म्याद गुजरेको समान विक्रि गर्न नपाउँने लगायतको व्यवस्था छ । तर, जनकपुरका अधिकांश व्यवसायीले ऐन उलघंन गरी व्यपार गरिरहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले चालु सत्ताको आइतबार र सोमबार बजार अनुगमन गरे । जनकपुरधाम उपमहानगरपालिका–१ भानु चौक स्थित सुर्यनारायण यादवले सञ्चालन गरेको रानी स्वीटसमा वास्तविक मूल्य भन्दा दोब्बर मूल्य उपभोक्तासंग लिएको पाए ।

खाद्यको अनुज्ञापत्र नलिई दहीसमेत विक्रि गरेको देखियो । तर, अनुगमनका जिम्मा पाएका खाद्य प्रविधिले अनुगज्ञापत्र मात्र लिएर सञ्चालन गर्न निर्देशनबाहेक अन्य कुनै कारवाही गरेनन् ।

०७५ कार्तिक ९ गते पनि कार्यालयले त्यही होटेलमा अनुगमन गरेका थिए । त्यतीबेला पनि अनुज्ञापत्र नलिएको, बीना मूल्य तोकी समान विक्रि गरेको, म्याद नाघेको वस्तु प्रयोग गरेको लगायत विभिन्न कमजोरी देखिएको थियो ।

तर, कारवाही नहुँदा व्यवसायी माफिया जस्तै राज गरिरहेका छन् । गत्त सोमबार नै श्रीराम लस्सी एण्ड स्वीट्समा पनि अनुगमन भयो ।

स्वीट्सका सञ्चालक रविकुमार गुप्ताले सहजै उपभोक्तासंग चर्को शुल्क लिएको स्वीकार गरे । ‘शुल्क त बढी हो, तर पुरा जनकपुर बजारमै यहि रेट हो सर,’ सञ्चालक गुप्ताले भने, ‘लगानीको हिसाबले बढी शुल्क लिएको छु ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रविन तिवारीले अनुगमनमा गुणस्तरीय हेर्ने अधिकार मात्रै रहेकाले कारवाही गर्न असमथ्र्य रहेको बताए ।

‘जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलाई सहभागि हुन जाकारी गराएका थियौं । तर, समय अभावले आउन सकेका छैन,’ उनले भने, ‘वास्तविक मूल्य भन्दा बढी शुल्क लिएका व्यवसायीलाई कालोबजारी ऐन अन्तरगत कारवाही गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयकै हुन्छ ।’

अनुगमन गर्दै, उनमुक्ति दिँदै

बजार अनुगमनमा जनकपुर वडा नम्बर ४ स्थित अमरेन्द्रनाथ ठाकुरले सञ्चालन गरेको कालिका बुक्स एण्ड स्टेशनरीले म्याद नाघेको पेय पदार्थ एवं खाद्य समाग्री विक्रि गरेको पाए । अनुगमन टोलीले पेय पादर्थ नष्ट गरे । म्याद नाघेको एक सय पाँच थान खाद्य पदार्थ विक्रि नगर्न निर्देशन दिए ।

तर, आवश्यक कारवाही हुन सकेनन् । म्याद नाघेको समान विक्रि वितरण गर्ने व्यवसायी ठाकुर एक प्रतिनिधि पात्र मात्र हुन् । जनकपुर बजारमा अधिकांश वयसायीले म्याद नाघेको समान विक्रि वितरण गरिरहेका छन् । तर, अनुगमनका जिम्मा पाएका नियायले लेनदेन गरी उनमुक्ति दिने गरेको जनगुनासो छ ।

अटेरी गर्दै व्यवासायी

जनकपुरधाम उपमहानगरपालिका १९ स्थित जयप्रकास साहले सञ्चालन गरेको लक्ष्मी ड्रिकिङ पानी उद्योगमा गत आइतबार अनुगमन भयो । अनुगमनकर्ताले कमजोरी पाएपछि सुधार गरी तत्काल पानी बजारमा विक्रि वितरण नगर्न निर्देशन दिए । तर, अनुगमनकर्ताको निर्देशनलाई अटेरी गर्दै उद्योगले सोमबार नै श्री राम लक्ष्मी एण्ड स्वीट्समा सात कार्टुन पानी विक्रि गरेको पाइएको छ ।

सोमबार भएको अनुगमनमा स्वीट्सका सञ्चालक रवि कुमार गुप्ताले आज (सोमबार) नै उद्योगले पानी पठाएको बताए । उद्योगले बजारमा पठाएको पानीमा लेवल विवरण अपूर्ण रहेको, पानीको बोतलमा उत्पादन मिति, म्याद सक्ने मिति र बजार मूल्य उल्लेख नभएको खाद्य निरीक्षक प्रविन तिवारीले जानकारी दिए ।

उद्योगलाई आइतबार सात दिने अल्टिमेट दिँदै उद्योगका कमजोरी सुधार गरी तत्काल विक्रि वितरण गर्न रोक लगाएको थियो । सञ्चालकलाई बयानको लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिएपनि उद्योगका सञ्चालकले अटेरी गर्दै न कार्यालयमा उपस्थित भए न त पानी विक्रि वितरण गर्न नै बन्द गरेको छ ।

एक व्यवसायी कारवाहीमा

खाद्य निरीक्षक तिवारीका अनुसार अनुगमनले एक व्यपारीलाई खाद्य ऐन अनुसार कारवाही गरेको जानकारी दिए । दर्जनौं व्यसायमा अनुगमन भएपनि निर्देशन दिएर मात्रै सिमति राख्ने गरेको देखिएको छ ।

अनुगमनकर्ताले अनेकौं पसल तथा उद्योगमा अनुगमन गरेर कमजोरी पाएपनि जनकपुरधाम उपमहानगरपालिका ४ का रामबहादुर चौधरीलाई मात्र खाद्य ऐन अनुसार कारवाही गरिएको छ ।

समन्वय अभाव

अनुगमनको जिम्मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हकहित संरक्षण मञ्च, भन्सार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य संघको हुन्छ । तर, जनकपुर हुने अनुगमनमा सबै कार्यालयले छुट्टा छुट्टै अनुगमन गरेको देखिएको छ ।

समन्वय अभावले अनुगमन प्रभावकारी हुन सकेको छैन् । सबै कार्यालयले संयुक्त बजार अनुगमन गरे मात्र प्रभावकारी हुने जानकारहरु बताउँछन् ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार ०९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ