सिरहा : अबैध ग्राइभेल उत्खन्न गर्ने टिपर र जेसिवी वनले समाते, रकम चलखेलपछि छाडे


टुडेखोज, सिरहा : अबैध रुपमा ग्राइभेल उत्खन्न गरिरहेको अवस्थामा सव डिभिजन वन कार्यालय, चोहर्वाले दुई टिपर र एक थान जेसिवी नियन्त्रणमा लिए । तर केहि घण्टा नवित्दै रकमको चलखेलपछि छाडिएको छ ।

नरहा गाउँपालीका ३ स्थित जोवहा सामुदायीक क्षेत्रमा पर्ने वन क्षेत्रमा ग्राभेल उत्खन्न गरिरहेको भन्दै वनले ना. २ क. ११३ र प्रदेश २–०३–००१ ख. १४६५ नक्वरको टिपर तथा नम्वर नभएको एकथान जेसीवी नियन्त्रणमा लिएका थिए । तर नियन्त्रणमा लिएको केही घण्टामै नम्वरी जमिनमा ग्राभेल खनेको भन्दै टिपर र जेसिबी छाडियो ।

नम्वरी जमिनबाट ग्राभेल निकालेको प्रमाण देखाएपछि टिपर र जेसिबी वडा कार्यालयलाई जिम्मा लगाएको निमित्त सहायक वन अधिकृत कासिन्द्र यादवले जानकारी दिए । वन क्षेत्रको बाटो प्रयोग गरेको भएपनि नियन्त्रणमा लिएकाहरुले खनेको होइन भन्ने थाहा पाएको उनको भनाई छ ।

स्रोतका अनुसार वन अधिकृत यादबले रकमको चलखेलपछि टिपर र जेसिवी छाडेका हुन् । नियन्त्रणमा लिएको टिपर बसन्त यादवको रहेको बताइएको छ । वनकै अधिकारी मिलोमतोमा ग्राभेल उत्खनन भइरहेको पनि सम्बन्धित निकाय मौन देखिएका छन् ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ