कोरोना संक्रमणबाट वडाध्यक्षको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसको संक्रमणका कारण चितवनको भरतपुरमा एक वडाध्यक्षको निधन भएको छ ।

भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको उपचारकै क्रममा आज विहान साढे ११ बजे निधन भएको हो । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेपनि बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।

६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । असोज १४ मा पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो ।

मधुमेह र उच्च रक्तचापको समस्याबाट समेत उनी पीडित थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ