धनुषा : कर्मचारीमा कोरोनाको लक्षणपछि कार्यालय बन्द गरियो


टुडेखोज, जनकपुरधाम : कर्मचारीमा कोरोना भाइरसको लक्षण देखिएपछि नापी कार्यालय धनुषा दुई दिनका लागि बन्द गरिएको छ ।

नापी कार्यालयका प्रमुखसहित अन्य कर्मचारीमा समेत कोरोनाको लक्षण देखिएको हो । सुचना जारी गरेर दुई दिनका लागि नापी कार्यालय धनुषा असोज २६ गतेसम्म बन्द रहने जनाएको छ ।

लक्षण देखा परेपछि कार्यालय प्रमुख र अन्य कर्मचारीहरु समेत कोरोना परीक्षणका लागि स्वाब देखाएका छन् । रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ