पर्सामा ट्रकबाट बरामद भयो ठूलो परिमाणमा लागुऔषध, ३ जना पक्राउ


टुडेखोज, पर्सा : भारतबाट वीरगञ्ज आएको ट्रकबाट ठूलो परिमाणमा लागुऔषध बरादम भएको छ । ट्रकमा सवार तीन जनालाई लागुऔषध कारोवारमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्जस्थित अलौ र्सिसियामा रहेको एकीकृत जाँच चौकी आईसिपी भएर आएको एच आर ३८ भी ४८९५ नम्बरको भारतीय ट्रकबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वीनसिरेक्स १ हजार २०६ बोत्तल र नुरफिन २९७ एम्पुल बरामद भएको छ ।

पक्राउ पर्नेमा ट्रकका चालक भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया ४ का २० वर्षीय बिक्रान्त पटेल, ट्रकमा सवार सोही ठाउँका २८ वर्षीय रामबालक राम र २० वर्षीय आकाश कुमार राम छन् ।

उनी तीनै जनामाथि अनुसन्धान भइरहेको र कानुन बमोजिम मुद्दा चलाउने पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार १६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ