पछिल्लो २४ घण्टामा थपिए २ हजार ७१ कोरोना संक्रमित


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा आईतवार देशभर २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनमुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार १६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ