जनकपुरमा दलितको प्रदर्शन, पूर्वमन्त्री पासवानले भने– हत्यारा ५० लाख खर्चेर घुम्दै छन्, प्रहरी भ्रष्ट भयो


टुडेखोज, जनकपुरधाम : पुर्वमन्त्री विशेन्द्र पासवानले रौतहटका निरञ्जन रामका हत्यारा ५० लाख रुपैया खर्चेर खुलेयाम घुमिरहेको बताएका छन् ।

जनकपुरमा आयोजित दलितसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री पासवानले प्रदेश २ का डिआइजी भ्रष्ट भएको र हत्यारा ५० लाख खर्चेर घुम्दा पनि पक्राउ नगरेको आरोप लगाएका हुन् । आक्रोसित हुँदै उनले भने, ‘म संसारलाई बताउन चाहन्छु कि नेपालका प्रहरी भ्रष्ट भयो ।’

‘अहिले देशमा लोकतन्त्र र गणतन्त्रको हत्या भइरहेको छ’, उनले भने, ‘जनताको सुरक्षा र न्याय छैन । नेपाल प्रहरी भ्रष्ट र गुण्डा बनिसकेको छ ।’ उनले ओली र प्रचण्ड मिलेर राशा शासन जस्तै सरकार चलाइरहेको समेत टिप्पणी गरे ।

उनले गृहमन्त्री रामबहादुर थापासँग प्रहरी हिरासतमा मारिएका शम्भु सदाका हत्यामा संलग्न प्रहरीलाई समेत निलम्बन गर्न माग गरे । उनले विजय राम र शम्भुको हत्यारालाई कारबाही गर्ने हिम्मत छैन भने नैतिकताको आधारमा गृहमन्त्रीलाई राजिनामा दिन समेत सुझाए ।

जनकपुरमा प्रदेश २ का आठै जिल्लाबाट आएका दलित समुदायका व्यक्तिहरुले दलितमाथि भइरहेको हत्या र बलात्कार विरुद्ध विशाल प्रदर्शन गरेका छन् । प्रदर्शनपछि रंगभुमि मैदानमा सभा भएको थियो ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार २१:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ