सिरहा कांग्रेसका पूर्व सहसचिव यादव ठगी मुद्दामा पक्राउ


टुडेखोज, सिरहा : कांग्रेस सिराहाका पूर्व सहसचिव रामबाबु यादव ठगी मुद्दामा पक्राउ परेका छन् ।

सिराहा नगरपालिका १५ सुखचैना घर भएका ४० वर्षीय यादवलाई एक लाख रुपैयासहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी हिरासतमा रहेका अभियुक्तलाई रिहा गराइदिने भन्दै उनले ४ लाख ठगेको प्रहरीको दावी छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ । एसपी उमाशंकर पञ्जियारले मिर्चैया नपा ८ मझौवाका २१ वर्षीय सियाराम महतोलाई प्रहरी हिरासतबाट मुक्त गराइदिने भनेर चार लाख रुपैयाँ ठगेको उजुरी परेपछि यादवलाई पक्राउ गरिएको बताए ।

उनीमाथि ठगी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी पञ्जियारको भनाई छ । यादव सिरहा क्याम्पसका पुर्व सभापति पनि हुन् ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार २१:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ