शहिदनगर : डेढ लाख रुपैया र ल्यापटप चोरी, तोडफोड पनि !


टुडेखोज, जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ९ का पल्टु कुमार यादवको घरमा चोरी भएको छ ।

घरमा कोही नभएको मौका छोपेर आइतवार राति डेढ लाख रुपैयाँ नगद र एक थान ल्यापटप चोरी भएको हो । आफु बाहिर रहेको र श्रीमती पनि गाउँमै मामाघर गएको मौका छोपेर घरमा चोरी भएको पीडित यादबले बताए ।

चोरी गर्नुका साथै चोरहरुले घरमा रहेको टेबल, कुर्सी लगायतका समान तोडफोड समेत गरेका थिए । पीडितले प्रहरी चौकी चोराकोयलपुरमा निवेदन दिएका छन् ।

पीडित यादबले गाउँकै केहि व्यक्तिमाथि चोरी गरेको आशंका रहेको र प्रहरीमा उजुरी समेत गरेको जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १३:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ